दिनेशको निर्देशनमा यादन र निरन्ताको पालाम ‘सतुना पुसान’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा यादन र निरन्ताको पालाम ‘सतुना पुसान’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २६, माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको कोरियोग्राफी तथा निर्देशनमा लिम्बू भाषा र संस्कृतिमा आधारित पालाम ‘सतुना पुसान’ सार्वजनिक गरिएको छ ।

गितकार सुवर्ण नेम्बाङको शव्द संकलन र गायक तथा संगीतकार यादन सेर्मा नुनामको लय संकलनमा यादन सेर्मा नुनाम र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘सतुना पुसान’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

मेखिममा भेट भएपछि पालाम गाउँदा गाउँदै माया बस्छ र माया बसेपछि बैना गछर्, बैना पछि मेखिम गरेको प्रेम कथा प्रस्तुत गरिएको भिडियोमा एम.के. योङहाङ, निशा लिम्बू, समिर सुव्वा(एलिस) र सुप्रिया सुव्वाले अभिनय गरेका छन् ।

भिडियोमा सुमन तामाङको छायांकन, सुजन श्रेष्ठको ड्रोन तथा इश्वरी श्रेष्ठको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

निश्चल राईको कला र मिडिया पिक्चर्स नेपालको पोष्ट प्रडक्शन रहेको पालाम मुक्कुलुङ एन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर