पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार थेगिमले पाए चुनाब चिन्ह ‘हातले बुनेको मुढा’ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार थेगिमले पाए चुनाब चिन्ह ‘हातले बुनेको मुढा’

चैत २७, इलाम । आगामी बैशाक १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह ‘हातले बुनेको मुढा’ प्राप्त गरेका छन ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिएको निर्वाचन कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले बताए ।

कार्यतालिका अनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको लागि समय तोकिएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह ‘हातले बुनेको मुढा’

उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बाह्र दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।

नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थनमा चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई ४ वटा भन्दा बढी राजनीतिक दलहरुको समेत समर्थन रहेको छ ।

 

सम्बन्धित खवर