पहिचान पक्षधरको साझा स्वतन्त्र उम्मेदवार थेगिमलाई जिताउन लिम्बू साँस्कृतिक परिषदको आव्हान - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचान पक्षधरको साझा स्वतन्त्र उम्मेदवार थेगिमलाई जिताउन लिम्बू साँस्कृतिक परिषदको आव्हान

चैत ३०, पान्थर । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषदले आगमी बैशाक १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधरको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई जिताउन आव्हान गरेको छ ।

शुक्रबार संघीय अध्यक्ष सागर केरुङ्द्वारा हस्ताक्षरित बिज्ञप्ति जारी गर्दै पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार थेगिमलाई जिताउन साँस्कृतिक परिषदले सम्पुर्ण संस्कृतिकर्मीहरुलाई आव्हान गरेको हो ।

बिज्ञप्तिमा परिषद सम्बद्ध जिल्लाहरु ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भक्तपुर ललितपुर, काठमाडौं, चितवनलाइ आर्थिक भौतिक तथा सबैखाले सहयोग गर्न निर्देशन समेत दिइएको छ ।

यसैगरि प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितीका ४१ घटकको समर्थमा उम्मेदवारी दिएका थेगिमले ४ वटा भन्दा बढी पहिचानवादीजन्य राजनैतिक दलहरुले समेत समर्थन गरेका छन् ।

प्रेस बिज्ञप्ती जस्ताको तस्तै

आगामी २०८१ साल बैशाख १५ गते हुन गईरहेको इलाम २ को उपचुनावमा संघीयवादी, पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्रसिङ थेगिम लिम्बुलाई मुढा चुनाव चिन्हमा मतदान गरि बिजय गराउन सम्पूर्ण इलामवासी मतदाताहरुमा हार्दिक अपिल गर्दछौं ।

लिम्बु याक्थुङहरुको ऐतिहासिक भुमि, पहिचान, अस्तित्व, इतिहास, भाषा लिपि, धर्म, कला, संस्कार, संस्कृतिहरु संरक्षण सम्बर्द्धनार्थ पहिचानको आन्दोलनलाइ शशक्त बनाउन आवश्यक ठानिएकोले संसारभर छरिएर रहनुभएका तमाम संस्कृतिकर्मीहरुलाई यस आन्दोलनमा जोडिन हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो साझा उम्मेदवार डकेन्द्रसिङ थेगिमलाइ विजय गराउन लिम्बु सांस्कृतिक परिषद अन्तर्गतका जिल्लाहरु ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भक्तपुर ललितपुर, काठमाडौं, चितवनलाइ आर्थिक, भौतिक एवंम् सबैखाले सहयोगको लागि सर्कुलर गरिएको छ । उत्पीडित समुदायको सामुदायिक मुक्तिको लडाइँमा मुलुकका सम्पूर्ण उत्पीडित वर्ग, आदिवासी जनजाति, दलित शिल्पी, महिला, मुस्लिम एवंम् पिछडिएका वर्ग लगायत सम्पूर्ण न्यायप्रेमीहरुमा हार्दिक अपिल गर्दछौं ।

सम्बन्धित खवर