सागर केरुङको निर्देशनमा चलचित्र ‘चे’ को छायांकन सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा चलचित्र ‘चे’ को छायांकन सम्पन्न

बैशाक २, दमक । सागर केरुङको लेखन तथा निर्देशनमा याक्थुङ लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन्न भएको छ ।

आइतबार याक्थुङ फिल्म्सले प्रेस विज्ञप्ती जारी गदै चलचित्र ‘चे’ को छायांकन सम्पन्न भएको जनाएको हो ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेका छन् ।

‘चे’ को अर्थ नेपाली भाषामा ‘लाश’ भन्ने हुन्छ । याक्थुङ लिम्बुहरु आन्तरिक र बाह्य रुपमा कसरी लाश भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताइएको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेबीचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको हो ।

युवराज राइको छायांकन, बुद्धराज लिम्बुको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जवेगूको श्रङ्गार र उदय बेघाको कला निर्देशन रहेको चलचित्र साउनमा प्रदर्शनीमा आउने जनाएको छ ।

चलचित्रमा सागर केरुङ, विमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तीर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ, अजित योड्या, प्रेमहाङ केरुङ, उदय बेघा, अमृता जवेगू, जोलिना केरुङ, तीर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लाओती, सोदु योङहाङ, विक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।

प्रेश बिज्ञप्ती

विगतका दशक यता यस कम्पनीले विभिन्न श्रव्यदृश्य सामग्रीहरु निर्माण गर्दै आइरहेको सर्वविदितै छ । यस कम्पनीद्वारा निर्मित चलचित्र र म्युजिक भिडियोहरुले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा महोत्सवहरुमा पुरस्कार एवंम् अवार्डहरु प्राप्त गर्दै आइरहेको छ । विशेष गरेर याक्थुङ फिल्म्सले विभिन्न निकायको साझेदारीमा याक्थुङ समुदायको सामुदायिक गतिविधिहरुमा कार्यक्रमहरु संचालन गरिरहेको छ । यस कम्पनीको पछिल्लो कोशेलीको रुपमा आइरहेको लिम्बु कथानक चलचित्र ’चे’ को छायांकन सकिएको सुचना सम्प्रेषण गर्न चाहान्छौं । चलचित्र निर्माण प्रकियामा स्क्रीप्टमा सहयोग गर्नुहुने रवी सेर्मा, यलम्बर खम्बु र साङ्सेन् पन्धाकप्रति हार्दिक आभार प्रकट गर्दछौं, स्थानीय व्यवस्थापनको लागि सचेतना क्लब फालेलुङ् ८ पान्थर, व्यवस्थापक नरेन्द्रराज केरुड, विक्रम केरुङ पारखीमार्फत सबै सहयोगीहरुमा धन्यवाद व्यक्त गर्दछौं, फिदिम नगरपालिका पाँचथर, फालेलुङ् गाउँपालिका पाँचथर, फालेलुङ् गाउँपालिका वडा नं. ८ याङ्नाम र फिदिम नगरपालिका वडा नं. १० याङ्नाम प्रति कृतज्ञता प्रकट गर्दछौं ।

लिम्बु कथानक चलचित्र ’चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् यो लासको कथा हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा (cultural heritage) भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ’चे’ को रुपमा चित्रण गरिएको छ । आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे÷लासनै प्रमुख समस्याकोरुपमा उभिएको पाइन्छ । मृत्यु श्वाश्वत कुरा हो, तर मृत्युपछि गरिने अन्त्यष्टिस्थल समाधिस्थल नपाउँदा लास नै प्रमुख समस्या भएको छ । यिनै कथाकुथुङग्रीमा आधारित चलचित्र ’चे’ आगामी साउन १ गते सिसेक्पा तङ्नामको दिनदेखि राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा प्रदर्शन सुरु हुने भएको छ ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा लेखक/निर्देशक/निर्माता सागर केरुङ, छायांकार युबराज राइ, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, ड्रॉन पाइलट/लाइन एडिटर पर्शु थलङ्, कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु, सहायक निर्देशक राजु घिमिरे, साहायक छायाँकार – रमेश सुनुवार, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बु, स्वर इन्दु फोम्बो रहेका छन् भने सागर केरुङ, बिमला खजुम, यासेली योड्ङ्गाङ्, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ् केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।

सागर केरुङ

(MD)

Yakthung Films.

सम्बन्धित खवर