कियाचु लिम्बू सांस्कृतिक परिषदको २० औं स्थापना दिवस मनाइयो - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु लिम्बू सांस्कृतिक परिषदको २० औं स्थापना दिवस मनाइयो

बैशाक ५, पान्थर । लिम्बू सांस्कृतिक परिषदको २०औं स्थापना दिवस मनाइएको छ ।

बुधबार किरात याक्थुङ चुम्लुङको बिषयगत समितिको रुपमा रहेको लिम्बू सांस्कृतिक परिषद जिल्ला शाखा पान्थरको आयोजनामा पान्थरमा २० औं स्थापना दिवस मनाइएको हो ।

किरात याक्थुङ चुम्लुङ् संघीय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद संघीय अध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश सदस्य बुद्धराज लिम्बू, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ, थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान संगै विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको जिल्ला उपाध्यक्ष लिलाप्रकाश जबेगुले बताए ।

यसैगरि पान्थर सहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा आयोजना भएको छ ।

सम्बन्धित खवर