इलाम २ को अपडेट : ३ हजार ५९ मतान्तरले एमालेका सुहाङ अघि - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ को अपडेट : ३ हजार ५९ मतान्तरले एमालेका सुहाङ अघि

बैशाक १७, इलाम । शनिबार मतदान सम्पन्न इलाम क्षेत्र २ उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङ ३ हजार ७ सय ५४ मतान्तरले अघि छन् ।

फाकफोकथुम गाउँपालिकाका ७, चुलाचुलीका गाउँपालिकाका ६ र माङ्सेबुङ गाउँपालिकाका ६ वटै वडाको गणना सम्पन्न हुदाँ नेम्बाङले ११ हजार ७८ मत ल्याएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत ल्याएका छन् ।

यसैगरि पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय १ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले भने १ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

इलाम २ मा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ मत खसेको छ ।

सम्बन्धित खवर