इलाम २ उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ विजयी - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ विजयी

बैशाक १८, इलाम । इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् ।

नेम्बाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएका हुन् । उनी ५ हजार ८ सय ३० मतान्तरसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए ।

यस्तै पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४ सय ५७ मतसहित तेस्रो भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।

 

सम्बन्धित खवर