बझाङ १ मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बझाङ १ मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाक १७, माङसेबुङ । बझाङ १ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

सोमबार दिउँसो सम्पन्न भएको मतगणनामा उनले ११ हजार ६ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर