इलाम । पहिचानको विचार भनेको सबै जनताको आत्मा सम्मानको विचार भएकोले यो पहिचानको विचार भनेको जनताको माङगेन्ना उठाउने विचार भएको सामाजिक अभियन्ता तथा लेखक युग पाठकले बताएका छन् ।
‘पहिचानको विचार भनेको सबै जनताको ढलेको माङगेन्ना उठाउने विचार हो । पहिचानको मुद्दा भनेको अनुहारको मुद्दा नभई विचार र चिन्तनको मुद्दा हो ।’ लेखक पाठकले भने, ‘मुलुकका सत्ताधारीहरुको कुर्तुतहरुलाई भण्डाफोर गर्न यस पाली सम्पूर्ण पहिचान पक्षधर उत्पीडित न्यायप्रेमीहरु ज्नताहरुले हाते बुनेको मुढा चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराएर डकेन्द्रसिंह लिम्बूलाई संघीय संसदमा पठाउनुको विकल्प छैन् ।’
इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका लागि आगामी बैशाख १५ गते हुने उप निर्वाचनको लागि पहिचान पक्षधरहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू विजयी आम सभामा आफ्नो कुरा राख्ने क्रममा लेखक पाठकले सो कुरा बताउनु भएको हो । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, उप निर्वाचन चुनाव प्रचार प्रसार समितिले इलामको चोक बजारमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्न यस पटक लेखक युग पाठक पनि इलाम आएका गरेका हुन ।
सम्पूर्ण पहिचान पक्षधरहरुले किन र कसको कारणले यो उप निर्वाचनमा साझा स्वतन्त्र उम्मेद्वारी दिनुपर्ने अवस्था आयो गम्भीर चिन्तन मनन गर्नुपर्ने समय आएको बताउनु हुँदै वहाँले भन्नु भयो, ‘भोट दिने बेलामा धेरै सोचेर मतदान गरौं । विकास समृद्धिको झुठो आश्वासनमा जनतालाई झुक्याउनेहरुसँग आम मतदाता सचेत रहन आवश्यक छ ।’
प्रदेशको नाम कोशी राखेर यहाँको सभ्यता, इतिहास, माटो र आम जनताको अपमान गरेको भन्दै वहाँले प्रश्न गर्नुभयो, ‘विचार, चिन्तन र सोचाईमा जनता जनताबीच विभाजन ल्याई दिएर देश कसरी बन्छ ? समाजमा एक अर्काबीच समन्वय समेत नहुने राज्य र समाज बनाई दिएपछि मुलुकमा कसरी विकास र समृद्धि स्थापना गर्न सकिन्छ ?’
यहाँ जालझेल गर्न माहिरहरुले पहिचानको मुद्दा भन्नाले जातजातिबीचमा लडाइँ गराउने मुद्दा हो भन्ने प्रोपोगण्डा फैलाई दिएर जनतालाई झुक्याई रहेको प्रष्ट पार्नुहुँदै लेखक पाठकले भने, ‘नेपालको राजनीतिमा जालझेल गर्न नसक्ने, पैसा नहुने, ढा्टन नसक्नेले राजनीतिक गर्नु हुँदैन भन्ने भास्य निर्माण गरिएको छ । यो सिंगो मुलुकको हितमा छैन् ।’