देवमान थाम्सुहाङको ‘मेरो जीवनयात्रा’ कृति विमोचन - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देवमान थाम्सुहाङको ‘मेरो जीवनयात्रा’ कृति विमोचन

बैशाक ७, पाँचथर । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन गरिएको छ ।

शुक्रबार फिदिमस्थित होटल मानस्वीको सभाहलमा थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन गरिएको हो ।

याक्थुङ फिल्म्स् र याक्थुङ लेखक संघको आयोजनामा गरिएको समारोहमा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कवि मधुराज केरुङ र मुन्धुम अध्येता तथा लेखक लक्ष्मण लावतिले समिक्षा गरेका थिए । उक्त कृतिलाई इन्दु फोम्बोले सम्पादन गरेका छन ।

वि.सं. १९९८ मा पान्थर मेमेङमा जन्मिएका थाम्सुहाङ्को जीवनलाई छोराहरु देबेन्द्र, राजेन्द्र, सन्देश, भवेन्द्र र छोरिहरु गंगा र अनुले प्रकाशन गरेका हुन् ।

तुम्बेवा गाउँपालिकाका प्रमुख बाबुराम खड्काको हस्तबहिलिबाट गरिएको विमोचन कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, सेनमुन्धुम गुरु हर्कप्रसाद केरुङ, फालेलुङ ७ का वडा अध्यक्ष टेकबहादुर केरुङ, लभिङ होम नेपालका अध्यक्ष, जुझ्वान्ड गुरु भवेन्द्र थाम्सुहाङ, थाम्सुहाङ सेवा समाजका केन्द्रीय महासचिव पुर्ण थाम्सुहाङ, हेभेल्नी पाथका केन्द्रीय सदस्य गंगा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कुमार केरुङ, मिङ्सोहाङ केरुङ, ज्योती बेघा, सुयोन आङ्देम्बे र प्रीयंका राइले सांगीतिक प्रस्तुति समेत राखेका थिए ।

याक्थुङ फिल्म्स् प्रा.लिका प्रवन्ध निर्देशक सागर केरुङको अध्यक्षतामा, परिवारको तर्फबाट राजेन्द्रकुमार थाम्सुहाङ्को स्वागत मन्तव्य रहेको कार्यक्रमम याक्थुङ लेखक संघ पान्थरका कार्यवाहक अध्यक्ष सुरेन शिशिर केरुङ्ले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर