माङसेबुङबाट किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङबाट किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

बैशाक १५, माङसेबुङ । इलाम क्षेत्र नं २ मा भइरहेको उपनिर्वाचनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले सरस्वती माबि भालुटारबाट मतदान गर्नुभएको छ ।

आज शनिबार बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदानको सुरुवात गर्नुभएको हो ।

यसैगरिमतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन, शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन, मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन, ममिला लिङ्देनले समेत सोही मतदान केन्द्रबाट गरेका छन् ।

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । मतदान बिहानको ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।

सम्बन्धित खवर