याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को अडिसन समय असार १ सम्म थपियो - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को अडिसन समय असार १ सम्म थपियो

बैशाक ३१, दमक । याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको अडिसन आवेदन दिने समय थप गरिएको छ ।

आज सोमबार फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिताको अडिसन आवेदनको लागि जेठ १ गतेदेखि असार १ गते सम्म समय थप गरिएको जनाएको छ ।

विज्ञप्ती मार्फत मञ्चले गत बैशाक १५ गते सम्पन्न इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेशसभा उपनिर्वाचनको असरले गर्दा र याक्थुङ गित संगीतलाई माय गर्ने संगीत प्रेमीहरुको बढ्दो मागलाई सम्बोधन गर्दै अडिसन आवेदनको समय थप गरिएको जनाएको छ ।

मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यस अघिनै आवश्यक तयारी समेत सुरु गरेको आयोजक मञ्चका केन्द्रीय अध्यक्ष सेर्माले बताए ।

उनका अनुसार प्रतियोगिताको थप गरिएको अडिसन २०८१ साल असार १ गते सम्म एक महिनाको अवधि रहनेछ । अडिसनमा याक्थुङ भाषामा जुनै पनि गित बिना ट्रायक गाएर वाट्सएप र मेलमा पठाउनु पर्ने हुन्छ ।

थप गरिएको अडिसन आबेदन मिति : जेठ १ देखि असार १ गते सम्म ।
डिजिटल अडिसन : साउन १५ देखि साउन भदौ १ सम्म डिजिटल अडिसनबाट टप १५ प्रतियोगी छनौट गर्ने ।
लाइभ अडिसन : टप १५ बाट टप १० छनौट गर्ने ।
स्थान : इलाम बजार बस पार्क छेउमा अवस्थित फ्रेन्ड्स होटल ।

मिति : २०८१ भदौ २० गते ।
क्याम्पिन : मुन्धुमी स्थल तेह्रथुममा एक महिने मुन्धुमी संगीत प्रशिक्षण असोज १ देखि कात्तिक १ गते सम्म ।
फाइनल राउन्ड : २०८१ असोज ५ गते देखि कात्तिक २० गते सम्म पान्थर जिल्लामा १० प्रतिस्पर्धीलाई विभिन्न बिधामा प्रतिस्पर्धा गराउँदै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना घोषणा गरि पुरस्कृत गराउने र आइडल समापन गर्ने ।
पुरस्कारहरु :
प्रथमपुरस्कार : नगद रु ५ लाख एउटा अडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।
दोस्रो पुरस्कार :  नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।
तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।
सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।
टप टेनलाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

प्रेस बिज्ञप्ती :

सम्बन्धित खवर