- आन्छुमे नसान
जेठ ८, माङसेबुङ । गायक सुमन लिम्बू र गायिका श्रेयसी चेम्जोङ लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘निङवा पोन्देवी’ सार्वजनिक गरिएको छ ।
गितकार, कलाकार तथा समावसेवी शान्ता केरुङको शव्द तथा लय संकलन रहेको पालाम ‘निङवा पोन्देवी’ सार्वजनिक गरिएको हो ।
चन्द्र लिम्बूको निर्देशन, छायांकन, ड्रोन, सम्पाादन तथा कलरमा पदम तामाङको मेकअप रहेको पालाममा जीवन केदेम, याम्निङवा योङहाङ, शान्ता केरुङ, राम सम्बाहाम्फे, इन्द्र सम्बाहाम्फे, पुर्ण सम्बाहाम्फे, गोविन्द लावती, सन्देश लावती, इक्सा कन्दङवा, भावना थेगिम, सुवास माङलाक, सुभद्रा लिम्बू र सुनिता थक्सुको अभिनय रहेको छ ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको पालाम साम्लोमा जीवन केदेम र निरन्ता नेम्बाङको सहायक आवाज रहेको छ ।
शान्ता केरुङको निर्माण रहेको पालाम साम्लो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पालाम हेर्नुहोस…