हाङको निर्देशनमा कल्पनाको गित ‘हुलाकी दाई’ को छायांकन सम्पन्न - Mangsebung News
  • आइतबार, असार ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा कल्पनाको गित ‘हुलाकी दाई’ को छायांकन सम्पन्न

  • आन्छुमे नसान

जेठ १०, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गितकार कल्पना आङबुहाङको गित ‘हुलाकी दाई’ को छायांकन सम्पन्न गरिएको छ ।

मनोज साङसोन राईको संगीत तथा संगीत संयोजनमा मेलिना राई र मनोज साङसोन राईको आवाजमा किङ स्टुडियोमा रेकर्ड गरिएको गित ‘हुलाकी दाई’ को छायांकन सम्पन्न गरिएको हो ।

सिकाली चाउर, ललितपुरको साँघाई कन्ष्ट्रक्शन, र ललितपुर देउरालीमा छायांकन गरिएको भिडियोमा धिरेन शाक्य र बिपनाले अभिनय गरेका छन् ।

केहिदिनपछि सार्वजनिक गर्ने तयारी रहेको भिडियो ‘मेरी आमा कल्पना आङबुहाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिने निर्देशक हाङ चेम्जोङले बताएका छन् ।

सम्बन्धित खवर