आर्टिष्ट तेजेन्द्र चेम्जोङ अब म्युजिक भिडियोमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आर्टिष्ट तेजेन्द्र चेम्जोङ अब म्युजिक भिडियोमा

  • पदम सुखी सम्बाहाम्फे

जेठ १८, पान्थर । पान्थर जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिका ५ स्याबरुम्बाको तेम्बेहिममा जन्मिएका तेजेन्द्र चेम्जोङ अब म्युजिक भिडियोमा प्रस्तुत हुने भएका छन ।

गाउँपालिकाको केन्द्र यासोक बजारमा लामो समयदेखि आर्ट्स पेसामा रहेका उनी तङसुम तङ्नाम त्रिशाली बृहत मिनिमेलाको अवसर पारेर लिम्बू भाषामा आख्याक्सा नुमा बोलको गितमा गायक र नायक(मोडल)को भुमिकामा रहेका छन् ।

थाक्थाक्कु माबोहाङ चेम्जोङ वंशहरु मध्येको पहिलोपटक आफ्नो स्वर तथा अभिनय दिएका तेजेन्द्रले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा सह मोडलको अभिनयमा आफु रहेको उनी बताउछन् ।

लिम्बू समुदाय भित्र लोपोन्मुख रहेको भेषभुषा भाषा कला सस्कृतिलाई जगेर्ना गर्न थप इट्टा बनोस् भन्ने उद्देश्यले यो आख्याक्सा नुमा बोलको म्युजिक भिडियो असारको पहिलो हप्ता सम्म प्रदर्शनमा आउने उनले बताए ।

गायिका निरन्ता नेम्बाङ र तेजेन्द्र चेम्जोङ्को स्वरमा रहेको सुमधुर गितको सङ्गीत संयोजनमा मनोज साङ्सोङ र कोरसमा सुन्दर चेम्जोङ, रानी चोङ्बाङ रहेका छ्न । किङ स्टुडियो काठमाडौमा रेकर्ड भएको सो गित हाङ चेम्जोङले निर्देशन गरेको छभने सह निर्देशन उदय बेघाले गरेका छन ।

स्याबरुम्बा तेम्बेहिम र यासोक बजारको विभिन्न ऐतिहासिक स्थालहरुमा क्यामेरामेन सिरकुमार राई द्वारा छायांकन गरिएको उक्त गितमा सुर्यकुमारी नेम्बाङ पुष्पान्जली तिलिङ सुन्दर चेम्जोङ दक्षिणा सम्बाहाम्फे दिपेन्द्र चेम्जोङ बिष्णु चेम्जोङ लक्षमण चेम्जोङ फुलकुमारी नेम्बाङ सारा सम्बाहाम्फे मिलन चेम्जोङ सुर्यदिप सम्बाहाम्फे निशाम सम्बाहाम्फे र अन्य कलाकारहरुमा किरण चेम्जोङ भावना चेम्जोङ बिपना चेम्जोङ रिता चेम्जोङ दिपेश चेम्जोङहरुले पनि अभिनयमा साथ दिएका छन ।

गाउँले जनजीवनमा आधारित आख्याक्कसा नुमा (कति सारो राम्री) बोलको यो गित तेजेन्द्र चेम्जोङ्को शब्द लयमा बनाइएको म्युजिक भिडियो सर्बाधिक सफल हुने आशा गरिएको पनि चेम्जोङले बताए ।

मुलुकको फोहोरी राजनीतिक आस्थालाई पुर्णरुपले परित्याग गरि राजनीतिक गतिविधिका कुनै संघ सस्थामा समेत अब काम नगर्ने स्वतन्त्र रहि गित सङ्गित तर्फ बाकी समय खर्चिने उनको भनाई छ ।

सम्बन्धित खवर