शाहिल र सम्झनाको ‘मायाको कोपिला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, कार्तिक १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र सम्झनाको ‘मायाको कोपिला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ १८, माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका सम्झना योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको गित ‘मायाको कोपिला’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा संगीता रानपायली र दीपा सुहाङको समेत आवाज रहेको गित ‘मायाको कोपिला’ को म्युजिक भिडियो शाहिल लिम्बूकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रेमील दाम्पती जोडीको सुखःदुख र सन्तान प्राप्तिको खुशी प्रस्तुत गरिएको भिडियोमा शाहिल र सम्झनाले नै फिचरिङ गरेका छन् ।

सनम तामाङ(दामी क्रिएशन)को छायांकन, सञ्जु थलङको मेकअप तथा अर्जुन खड्काको सम्पादन र कलर रहेको भिडियोलाई बिजय मगरले निर्देशन गरेका हुन् ।

देवेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले गरेका हुन् भने पोष्ट प्रडक्शन दामी क्रिएशनको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर