हाङको निर्देशनमा ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक(भिडियो सहित)

 

  • आन्छुमे नसान

जेठ २३, माङसेबुङ । पछिल्लो समय कल्चरल म्युजिक भिडियोहरु निर्देशन गर्न व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका सम्झना योङहाङको आवाजमा बिल्कुलै नयाँ गित ‘सुँगुरको मासुमा पल्केर’ सार्वजनिक गरिएको छ ।

मंगलबार नक्खिपोट एनएस सेकुवा घर ललितपुरमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा गितकार, लेखक ठूले राईको प्रमुख आथित्यमा हाङबरेद्वारा निर्मित विपना आङबुहाङको ‘सुँगुरको मासुमा पल्केर’ को म्युजिक भिडियोको बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा अप्सु योगी, संगीता रानापायली, तारा लिङदेन, बिक्रम राई र बिशम आचार्यको व्याकभोकल रहेको भिडियो जी मिडिया कनेक्शन अफिसियल युट्यूव च्यानलबाट समेत सार्वजनिक गरिएको छ ।

दिनेश माङमुको कोरियोग्राफीमा भुपेन्द्र थापामगरको छायांकन, कविता तोलाङगीको मेकअप, कोशेली ढाकाको पहिरन र अनिल रानाको सम्पादन रहेको भिडियोमा धिरेन शाक्य र बिपना आङबुहाङको अभिनय रहेको छ ।

बिशम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

हाङ प्रडक्शनको पोष्ट प्रडक्शन रहेको भिडियोमा लिम्बू समदायको केलाङ र पालाम समेत रोचक तवरले समावेश गरिएको छ ।

लिम्बू कल्चरमा पहिलो पटक अभिनय गर्न पाउँदा खुशी लागेको अभिनेता नायक धिरेन शाक्यले बताए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर