- आन्छुमे नसान
जेठ २५, माङसेबुङ । पछिल्लो पुस्तामाझ ढुकढुकी बनेका गायक एकदेव लिम्बूको आवाजमा बिल्कुलै नयाँ गित ‘सोल्टीनी’ सार्वजनिक गरिएको छ ।
नरेन लिम्बू र एकदेव लिम्बूको शव्द तथा संगीतमा सजिएको प्रेमिल गित ‘सोल्टीनी’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
अभि साम्पाङ राईको निर्देशनमा लिम्बू संस्कृतिमा विवाह संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा सायानुमा राई, एकदेव लिम्बू, यासेली योङहाङ र प्रभात आङबोको अभिनय रहेको छ ।
बिकेस मगर किवा खिम्दिङको छायांकनमा सामु राईको मेकअप र सामु राई र शिसु राईका कला निर्देशन रहेको भिडियोमा बिकेश मगरको सम्पादन तथा कलर रहेको छ ।
सञ्जाल भण्डारी(B2) को अडियो प्रडक्शन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको भिडियोमा क्रिएटिभ निर्देशन यासेली योङहाङको रहेको छ ।
भिडियो गायक एकदेव लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएसँगै धेरैले औधी रुचाएका छन् ।
भिडियो हेर्नुहोस…