माओवादी केन्द्र ढुलमुले र अवसरवादी पार्टी : जसपा नेपाल - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादी केन्द्र ढुलमुले र अवसरवादी पार्टी : जसपा नेपाल

जेठ २९, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा माओवादी केन्द्रलाई कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृत निम्न पुँजीवादी चरित्रको पार्टी भएको आरोप लगाएको छ ।

नेकपा माओवादी केन्द्रको चिन्तन र व्यवहार माक्र्सवाद–लेलिनवाद र माओवाद नभई ढुलमुले, अवसरवादी चरित्रको रहेको भन्दै जसपा नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेको छ –‘यस पार्टीका नेता–कार्यकर्ता ठुल्ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ ।’

जसपा नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र राजनीतिक रूपमा एमाले भन्दा कम नरहेको दावी गरिएको छ ।

माओवादी केन्द्रले १० वर्षे जनयुद्धमार्फत प्रारम्भिक कालमा भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण योगदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

कहिले एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने तर स्थायी एकता कायम गर्न नसक्ने, कहिले काँग्रेसँग गठबन्धन गरेर चुनाव लड्ने तर सरकार सञ्चालनमा स्वार्थप्रेरित किसिमले गठबन्धन फेरिरहने भन्दै जसपा नेपालले माओवादी केन्द्रको राजनीकि स्वभावलाई आलोचना गरेको छ ।

सम्बन्धित खवर