दिपेन्द्रको शव्दमा सुमन र कल्पनाको ‘तिमी आवाज हौ मेरो बोलीको’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्दमा सुमन र कल्पनाको ‘तिमी आवाज हौ मेरो बोलीको’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १, माङसेबुङ । गायक सुमन केसी गायिका कलपना तामाङको आवाजमा सजिएको बिलकुलै नयाँ गित ‘तिमी आवाज हौ मेरो बोलीको’ सार्वजनिक गरिएको छ ।

गितकार दिपेन्द्र खड्काको शव्द तथा संगीतकार लेखु सहयात्रीको संगीतमा सजिएको प्रेमिल गित ‘तिमी आवाज हौ मेरो बोलीको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिशाल नेपालीको निर्देशन तथा कोरियोग्राफीमा पुनम चौधरीको मेकअप, रमेश पराजुलीको सहायक छायांकन, दिनेश पराजुलीको छायांकन तथा अमृत चापागाईको सम्पादन र कलर रहेको भिडियोमा सचिन खड्का र अश्विनी शाहीको अभिनय रहेको छ ।

सुमन केसीकै संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश रजवहकले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ चद्र चौधरीले गरेका हुन् ।

आश्मान मोसन पिक्चर्सले तयार परेको अडियो भिडियो गायक सुमन केसीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर