- आन्छुमे नसान
असार ८, माङसेबुङ । छायांकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा ‘सुम्निमा रानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मिस्रा गुरुङको शव्द तथा सुरेश अधिकारीको संगीतमा गायक परेश राईको सुमधुर आवाजमा सजिएको गित ‘सुम्निमा रानी’ सार्वजनिक गरिएको हो ।
शशी गुरुङ वाङदेलको परिकल्पनामा भोगेन्द्र याम्फु र गोपाल नेपालीको सहायक छायांकन रहेको भिडियोमा क्रिस गुरुङ र नुमा माबो लिम्बूको अभिनय रहेको छ ।
महाराज थापाको संगीत संयोजनमा स्टुडियो एमटीमा रेकर्ड गरिएको गितको भिडियोमा असोक मण्डलको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो क्यास म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…