असार ८, माङसेबुङ । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले चुमेका छन ।
शनिबार भएको ग्राण्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै बर्दियाका परियाले उपाधि चुमेका हुन् ।
दर्शकको भोटको आधारमा विजेता घोषित भएका परियारले उपाधि चुमेसँगै नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् ।
पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् ।
यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बनेसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् भने, थर्ड रनरअप भएका दार्जिलिङकै मोहित भुजेलले भने स्कुटर पुरस्कार प्राप्त गरेका छ् ।