ढल्यो प्रचण्ड नेतृत्वको सरकार, विश्वासको मत पाएनन् - Mangsebung News
  • मङ्गलबार, मङि्सर २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ढल्यो प्रचण्ड नेतृत्वको सरकार, विश्वासको मत पाएनन्

असार २८, काठमाडौं । १८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।

शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।

चार पटक विश्वासको मत पाउन सफल तर, यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । २५८ जना सांसदको उपस्थिति रहेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ ।

१० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत, तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

सम्बन्धित खवर