नायकमा हाङको डेब्यू चलचित्र ‘थत्थामा’ प्रदर्शनको तयारीमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नायकमा हाङको डेब्यू चलचित्र ‘थत्थामा’ प्रदर्शनको तयारीमा

  • आन्छुमे नसान

साउन ३, माङसेबुङ । पछिल्लो समय निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको नायकमा डेव्यू रहेको चलचित्र ‘थत्थामा’ प्रदर्शनको तयारीमा रहेको छ ।

आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण गरिएको  अहिले धमाधम पोस्टर सार्वजनिक भईरहेको बहुप्रतिक्षित चलचित्र ‘थत्थामा’ देश तथा विदेशमा चाडैंनै प्रदर्शनमा आउन लागेको नायक हाङ चेम्जोङले बताए ।

नायक चेम्जोङका अनुसार भारतका पध्मश्री सम्मानित स्वर्गीय पदमसिङ ps मुरिङ्लाले ४० बर्ष अगाडि लेख्नुभएको लिम्बूहरुको जेठो उपन्यास ‘थत्थामा’लाई चलचित्र निर्माण गरिएको हो ।

पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न ठाउँहरुमा छायांकन गरिएको चलचित्र थत्थामा हाङ चेम्जोङसँगै बिमला खजुम, सागर केरुङ, फुङनिमा योङ्हाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ र सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन् ।

बिनोद सेरेङको पटकथा/संवाद रहेको थत्थामामा छायांकन सुजन दाहाल, साहयक छायांकन सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशन दिपेस यक्सो, साहायक निर्देशन सुरेन्द्र सिङको रहेको छ ।

सीता हुक्पा चोङ्बाङ निर्माता, भुषण दाहाल कार्यकारी निर्मातारहने चलचित्रमा शृङ्गार अमृता जबेगुको श्रृङगार, शब्द/संगीत राज लिम्बू, स्वर मेलिना राई, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघाको रहेको छ ।

सम्बन्धित खवर