- आन्छुमे नसान
साउन ५, माङसेबुङ । गायिका सिर्जना जबेगु र गायक विवस नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘लिम्बुवान तारुम’ सार्वजनिक गरिएको छ ।
नेम खापुङको शव्द संकलन तथा बुद्धमाया जबेगुको लय संकलन रहेको लिम्बू संस्कृतिमा आधारित पालम ‘लिम्बुवान तारुम’ को भिडियो सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सुरेश राईले गरेका हुन् ।
गायिका गंगा फियाक र गायक तानाम तान्छो लावतीको कोरष आवाज रहेको पालाममा सुनिता किरातीको मेकअप र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।
पालाम भिडियो सिर्वना जबेगु अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पालाम हेर्नुहोस…