कुशल र मनुको आवाजमा पालाम ‘नौतुन माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुशल र मनुको आवाजमा पालाम ‘नौतुन माया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन ८, माङसेबुङ । गायक तथा अभिनेता कुशल थलङ र गायिका मनु नेम्बाङको सुमधुर आवमजा लिम्बू संस्कृतिमा आधारित पालाम ‘नौतुन माया’ सार्वजनिक गरिएको छ ।

मदन वनेमको शव्द संकलन तथा शिव सम्बाहाम्फेको लय संकलन रहेको गायक कुशल थलङले साँगितिक करियरमा पहिलो पटक आवाज दिएको पालाम ‘नौतुन माया’ को म्युजिक भिडियो शनिबार सुनसरीको धरानमा एक कार्यक्रमकाविच सार्वजनिक गरिएको हो ।

दिदीको घरमा पाहुना जाँदा मेन्छिनसँग ख्याली गाएर साईनो सम्बन्ध केलाएपछि पालम गाउँदै धान नाँच्न सुरु गरेको भिडियोमा धान नाँच्दै पालाम गाउँदै माया थाङबेन मेन्छिनको माया बसेको रमाईलो प्रेम प्रसँग प्रस्तुत गरिएको छ ।

मदन वनेमको निर्देशनमा दिनेश राईको छायांकन, शिरकुमार राईको ड्रोन, सम्पादन र कलर र महेश सिग्देलको मेकअप रहेको भिडियोमा कुशल थलङ, बिनु तुम्बाहाम्फे, डि. बि. लिम्बू, मिना हुक्पा चोङबाङ(यक्सो), डम्बर कुमारी पयाङगु(मेन्याङ्बो), शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङलेकूको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा म्यूजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्ड गरेको पालाम भिडियोलाई मिना हुक्पा चोङबाङले निर्माण गरेकी हुन् ।

डम्बर कुमारी पयाङगु मेन्याङ्बो सह निर्मात्री रहेको पालमको म्युजिक भिडिया गायक कुशल थलङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर