झापामा लिम्बुवानको भेटघाट तथा मातृभाषा नामाकरण कार्यक्रम सम्पन्न - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा लिम्बुवानको भेटघाट तथा मातृभाषा नामाकरण कार्यक्रम सम्पन्न

साउन १३, झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवानको भेटघाट तथा मातृभाषा नामाकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघीय लिम्बुवान शिबसताक्षी नगरपालिकाको आयोजनामा शनिबार झापाको शिबसताक्षी झिलझिलेमा अवस्थित किरात राई यायोखा हलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को प्रमुख आतिथ्यतामा भेटघाट तथा मातृभासामा नामाकरन कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले मातृभाषा सङरक्षणको अभियानमा सबै डटेर लाग्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मंचले १८/१९ बर्ष देखि निरन्तर लाग्दै आएको र निर्वाचनको लागि मोर्चाबन्दीले नहुने र त्यसको लागि दल नै हुनुपर्ने बताए ।

मन्तव्यको क्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले अहिलेको सरकार अप्राकृतिक गठबन्धन भएको बताए ।

पार्टी पवेश कार्यक्रम समेत रहेको कार्यक्रममा शिबसताक्षी ३ बाट जीवन लिम्बू र ५ बाट चन्द्रशम्शेर राईलाई अध्यक्ष लिङदेनले खदा ओढाएर मन्चंमा प्रवेश गराएका थिए ।

मन्चको शिबसताक्षी नगर अध्यक्ष विचारी लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्तमा सबै उपस्थित सदस्यहरुले आआफ्नो मातृभासा तथा पहिचान खुलाउने गरि नामकरण गर्ने कार्य सम्पन्न भएको थियो । जसमा करिवन ७७ जनाले मातृभाषामा आफ्नो पहिचान खुल्ने गरि नाम राखेका थिए ।

कार्यक्रमको समापन गर्दै नगर अध्यक्ष लाओतीले आर्थिक तथा अन्य सौजन्य दाता मोहन फागो, शिव शेर्मा लगायत सहयोगी सबैलाई धन्यवाद दिदैं आगामी भदौ २७, २८ र २९ गते धरानमा सप्पन्न हुन लागेको संघीय लिम्बुवान मातहत एल भि सहित ६ जनबर्गिय संगठनका महाधिवेशन सप्पन्न गर्न सबैमा स्वैच्छिक सहयोग गर्न अपिल समेत गरे ।

 

सम्बन्धित खवर