साउन १४, माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्व विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
किरात इत्नामको चौथो श्रसङखला अन्तरगर्त शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा इन्द्रप्रसाद आङदेम्बेले किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्व वारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिङ योङहाङ र लेखक तथा साहित्यकार खड्क सङबाङफे लगायतले सिसेक्पा तङनामको बारे मन्तव्य राखेका थिए ।
किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन अमेरिका निवासी धार्मिक अभियन्ता सुमन सुहाङले गरेका छन् ।