निरन्ता र असारसिंहको पालाम ‘सुम्दङ्ले तेम्दा मिङसोलेआ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरन्ता र असारसिंहको पालाम ‘सुम्दङ्ले तेम्दा मिङसोलेआ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन १५, माङसेबुङ । गायिका निरन्ता नेम्बाङ र गायक असारसिंह निङलेकुको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्दङ्ले तेम्दा मिङसोलेआ’ सार्वजनिक गरिएको छ ।

यामबहादुर सेर्माको शव्द संकलन तथा बिष्णु निङलेकुको लय संकलन रहेको पालाम ‘सुम्दङ्ले तेम्दा मिङसोलेआ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मदन वनेमको निर्देशनमा शिरकुमार साम्पाङ देवेन्द्र चौधरीको छायांकन, महेश सिग्देलको मेकअप र शिरकुमार साङपाङकै ड्रोन, सम्पादन तथा कलर रहेको पालाम साम्लोमा लक्ष्मी निङलेकु, दिलकुमारी निङलेकु, विमला सेरेङ निङलेकु, नरकुमारी वनेम सेन्दाङ, मनकुमारी सेर्मा, असारसिंह निङलेकु, डि.बी. लिम्बू, हिमाल लिम्बू, धनबहादुर निङलेकु, बि.बीं सेर्मा र दिपक नेम्बाङको अभिनय रहेको छ ।

मनोज सोङसोन राईको संगीत संयोजनमा, किङग् स्टुडियो र ग्लोरी मिडियामा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् भने, देउबहादुर फोम्बो र गीता नेम्बाङको समेत आवाज रहेको छ ।

बिष्णु निङलेकुको निर्माण रहेको पालाम भिडियो याक्थुङ साक्थिम आनिङवातेरो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर