चारखोलेको शब्द तथा लयमा पालाम 'साङरुम्बै सम्धाङ' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारखोलेको शब्द तथा लयमा पालाम ‘साङरुम्बै सम्धाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन २१, माङसेबुङ । गितकार तथा साहित्यकार चारखोले शिशिर लिङदमको शव्द तथा लय संकलन रहेको पालाम ‘साङरुम्बै सम्धाङ’ सार्वजनिक गरिएको छ ।

गायिका शान्ति नेम्वाङ र गायक नगेन्द्र पयाङगुको सुमधुर आवाजमा सजिएको पालाम ‘साङरुम्बै सम्धाङ’ सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा स्टुडियो किङगमा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् भने, निरन्ता नेम्वाङ र विवश नेम्बाङले समेत आवाज दिएका छन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा पुर्ण लिम्बू, निरन्ता नेम्वाङ, विवश नेम्वाङ र गीता सम्बाहाङफेले फिचरिङ गरेका छन् ।

भिडियो चारखोले म्युजिक अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

https://youtu.be/TbGEN4QALA8?si=qKWkaGa9Xmpr5dDf

सम्बन्धित खवर