बंगलादेशमा हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडिन - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशमा हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडिन

साउन २१, माङसेबुङ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशमा हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।

आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार समेत प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएकाे कारण सोमबार राजीनामा दिएर उनले देश छाडेको बताइएको छ ।

बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।

सम्बन्धित खवर