आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार सुजता सुनुवारलाई - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार सुजता सुनुवारलाई

साउन २७, इलाम । फोनिज इलामको स्थापनामा हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ ।

आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका संघीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङहाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् ।

फोनिज अध्यक्ष योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख थापासहित फोनिज संघीय उपाध्यक्ष देवान, प्रदेश नं. १ सदस्य अतित योङहाङ, नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई र पुरस्कृत पत्रकार सुनुवारले मन्तव्य राखेका थिए ।

फोनिज अध्यक्ष योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष माबोहाङ र सञ्चालन सदस्य सरीता राईले गरेकी थिइन् ।

 

सम्बन्धित खवर