इलाममा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

साउन २९, इलाम । इलाममा मंगलबार आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालको संयोजकत्वमा १८ सदस्यीय समिति गठन भएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको बैठकले गठन गरेको समितिको सदस्यहरुमा जिल्ला स्वाथ्य कार्यालयका प्रमुख आदित्य शाक्य, जिल्ला अस्पतालका डाक्टर पवन मोक्तान, इलाम आयुर्वेद औषधालयका प्रमुख लालदेव मण्डल, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डम्बरबहादुर खड्का र जनप्रतिनीधि इलाम नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरेश श्रेष्ठ रहेका छन् ।

यस्तै जिल्लास्थीत सरोकारवाला तथा गैर सरकारी संस्थाहरुबाट नेपाल रेडक्रस सोसाइटी इलामका सभापति शिवप्रसाद गौतम, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल, होटल व्यवसायी संघका प्रकाश चापागाई, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सुनिता राई, गैर सरकारी संस्था महासंघका कमल प्रसाद नेपाल, मानव अधिकार मञ्च नेपाल इलामका भक्त थामी, चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेल सदस्य छानिएका छन् ।

समितका अन्य सदस्यहरुमा मनोविमर्शकर्ता गायत्री थेगिम, योग प्रशिक्षक यादव राउत र मुना गदालसँगै प्रहरी निरिक्षक रमेश राई रहेका छन् ।

समितिले आत्महत्या न्यूनीकरण व्यवस्थापन तथा कार्ययोजना २०८१ कार्यान्वयन गर्न पालिका, वडा तथा टोल बस्तीस्तरममा कार्यदल गठन गर्नेछ । कार्यदलले कार्ययोजना अनुसार जिल्लामा जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समित” बनाउँनेछ ।

कार्ययोजना कार्यान्वयन गर्न गाउँ तथा टोल बस्तीस्तरमा कार्यदल बनाएर आत्महत्या गर्न सक्ने व्यक्तिको पहिचान, परामर्श पुनस्थापनाको काम गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक तथा समिति संयोजक प्रभु प्रसाद ढकालले जानकारी गराए ।

उनका अनुसार पालिका वडा तथा टोल बस्ती स्तरको कार्यदललाई स्थानीय तहको समन्वयमा आत्म हत्या न्यूनिकरण तथा रोकथामको विषयमा प्रशिक्षित गराई गाउँ बस्तीस्तरमा अभियान सञ्चालन गरिनेछ ।

सेवारोखबरबाट

सम्बन्धित खवर