याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सीता राई नेम्बाङ निर्वाचित(फोटो फिचर सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सीता राई नेम्बाङ निर्वाचित(फोटो फिचर सहित)

साउन ३०, काठमाडौ । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङको अध्यक्षमा सीता राई नेम्बाङ् निर्वाचित भएकी छन् ।

यसैगरि उपाध्यक्षमा राम तिलिङ र पुष्पाञ्जली तिलिङ, सचिवमा सम्भु फोम्बो, सहसचिवमा बिमला इवारम, कोषाध्यक्षमा नितुरानी नेम्बाङ र सह–कोषाध्यक्ष पबि तेम्र्बे निर्वाचित भएका छन् ।

यसरी नै नवनिर्वाचित सदस्यहरुमा दिलिप लुम्फुङ्वा, कबिराज आङ्देम्बे, निरन्ता नेम्बाङ, पुष्पादिवानी तिगेला, दिलकुमार चोङ्बाङ, बिपना हाङगाम, सुस्निता लिम्बू, आशा हाम्सोहाङ, पुर्ण लिम्बू सांवा, बिमला खजुम, उदय बेघा, नैना वनेम, रेखा लावती, एन्जिला नेम्बाङ, देबेन्द्र तुम्रोक, मिरा फियाक, माया आङ्देम्बे, इन्दिरा योङ्हाङ रहेका छन् ।

महाधिवेशनले विनोद सेरेङ, दिलिप फुरुम्बो, मनु नेम्बाङ, इन्दु तुम्सा सम्बाहाङ्फे लाई सल्लाहकारमा मनोनयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी मुन्धुमविद येहाङ् लावती, किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, पुर्व नजरल उपरथी होम लावती, गोविन्द आङ्बुङ, प्रोफेसर अर्जुन नुगो, राई चलचित्र कर्मि संघका महासचिव किरन राई, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, मुन्चइत का संघीय अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर