चलचित्र ‘मुन्धम’ एक रहस्य निर्माणको घोषणा - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘मुन्धम’ एक रहस्य निर्माणको घोषणा

भदौ ६, दमक । चलचित्र ‘मुन्धुम’ (एक रहस्य) निर्माणको घोषणा भएको छ ।

मंगलबार झापाको दमकस्थित होटल स्वर्गलोकको सभाहलमा युवा व्यवसायी, समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुवाले चलचित्र ‘मुन्धुम’ (एक रहस्य)को व्यानर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

माङगेन्ना फिल्मसको ब्यानरमा निर्माण हुने यो करिब दुई करोडको लागतमा निर्माण गरिने जनाइएको छ । चलचित्रमा धिरज मगर, परिक्षा लिम्बु, हरिराज खिम्दिङ, उदय सुब्बा, नन्दकुमारी मेन्याङबो लगायत कलाकारहरुको मुख्य अभिनय रहने जनाइएको छ ।

सार्वजनिक कार्यक्रमको ब्यानर उद्घाटन गर्दै प्रमुख अतिथि लुम्फुङवाले लिम्बु संस्कृतिलाई जिवित राख्न र आउने नयाँ पुस्तालाई मुन्धुम बारे चेतना होस् भन्ने हेतुले यो चलचित्र बन्न लागेको बताउनु भएको छ । वहाँले हाम्रो देश बहुभाषी, बहुधर्म, बहुसंस्कृति भएको हुँदा सबै संस्कृतिलाई उजागर गर्न कलाकारिताको माध्यमबाट पनि थप टेवा पुराउने गरी याक्थुङ जातीहरुको बृहत मुन्धुमको एउटा अंश भएपनि यो चलचित्रले राम्रो उठान गर्न पक्कै पनि निर्माण पक्ष सफल हुने विश्वास गर्नुभएको छ ।

यसरी नै कार्यक्रममा बोल्दै अर्का बक्ता याक्थुङ चलचित्र कथा सेन्सर बोर्डका सदस्य सचिव साङसेन पन्धाकले मुन्धुम एक रहस्य चलचित्रले हाम्रो पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने बताएका छन् । याक्थुङ चलचित्र फेन्टासीमा बन्ने मुन्धुम पहिलो चलचित्र बन्ने उन्ने बताए ।

यसैगरी कार्यक्रममा लिम्बु साहित्य तथा मुन्धुम ज्ञाता सेसेमी से नाल्बोले मुन्धुम भनेको ज्ञानको महासगर हो । उनले मन्धुकको क्षेत्र ठूलो भएको हुँदा मुन्धुमको एक रहस्य मात्र नभएर अनेक रहस्य भएको बताए । उनले मपाईवादीबाट मुक्त हुनु पर्ने बताए । उनका अनुसार मुन्धुम गन्नै नसकिने दर्शन हो ।

चलचित्रका लेखक तथा निर्देशक प्रकाश सुब्बाले कार्तिक २२ गतेबाट छायाङन शुरु गर्ने बताए । मुन्धुम एक रहस्य चलचित्र बृहत मुन्धुमको एउटा सानो अंश भएको बताउनु भयो । वहाँले यो चलचित्र अलि फेन्टासी जनराबाट निर्माण गरिने बताउनु भयो ।

कार्यक्रममा राज काउछा, शसस्त्र प्रहरी बलका प्रमुख एसपी, सामाजिक व्यक्तित्व तथा राजनीति कर्मी अशोक चेम्जोङ, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, साहित्यकार थेयुसा फागो, कलाकार राजकुमार आङदेम्बे, धनराज सुब्बा तेह्रथम, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम युवा व्यक्तित्व जितेन साम्पाङको संचालन तथा भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर