माङसेबुङमा पशु र कृषि शाखाको सेवा केन्द्र विस्तार - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पशु र कृषि शाखाको सेवा केन्द्र विस्तार

smart

भदौ ७, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले पशु सेवा शाखा र कृषि विकास शाखाको सेवा केन्द्र विस्तार गरेको छ । माङसेबुङ गाउँपालिका ६ स्थित साविक बाँझो गाविसको भवनलाई मर्मत गरी सो भवनमा सेवा केन्द्र सुरु गरिएको हो ।

आज शुक्रबार एक औपचारिक कार्यक्रमको अवसरमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले रिवन काटेर सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

सेवा केन्द्र स्थापना गरेसँगै माङसेबुङ ६ नम्बर र वडा नम्बर २ को माथिल्लो भेगका कृषकहरु लाभान्वित हुनेछन् ।

पालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रसासकीय अधिकृत विनोद चौहान, वडाध्यक्षहरु कृष्ण बहादुर बस्नेत, प्रदिप साङपाङ, प्रवक्ता सुसन रुङमाहाङ, जिल्ला हुलाक कार्यालय इलामका प्रमुख गशेष घिमिरे, शसस्त्र प्रहरी निरिक्षक निराजन पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर