- आन्छुमे नसान
भदौ ८, माङसेबुङ । गायक इन्द्रशुसिल लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली गित ‘छुई पकन्दी’ सार्वजनिक गरिएको छ ।
मोहन साँवा लिम्बूको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूकै लया संकलन रहेको पुर्वेली गित ‘छुई पकन्दी’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
इन्द्रशुसिल लिम्बूको निर्देशनमा शीरकुमार साम्पाङको छायांकन तथा सम्पादनमा महेश सिग्देलको मेकअप रहेको भिडियोमा मोहन साँवा लिम्बू र दुर्गा पाक्साँवा लिम्बूले अभिनय गरेका छन् ।
मनोज साङसोन राईको संगीत संयोजन रहेको गितलाई किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेका हुन् ।
म्युजिक मिडिया धरानको अडियो भिडियो रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…