भदौ १०, माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको दोस्रो चरणमा थप एक सहित ३८ प्रतिभा छानिएका छन् ।
याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजना सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को अडिसन राउण्डबाट दोस्रो चरणका लागि ३७ छानिए भनिएपनि प्रविधिक समस्याका कारण छुट्न गएको भन्दै थप एक सहित ३८ प्रतिभा छानिएका हुन् ।
आयोजकले आज सोमबार फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती सार्वजनिक गर्दै याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को दोस्रो चरणमा पुग्न सफल ३८ प्रतिभाको नामावली सार्वजनिक गरेका छन् ।
गत बैशाक १ गतेबाट सुरु भएको अडिसनको समय दूई पटक सम्म थप गरिएका थियो । जम्मा ५३ जना प्रतिभाले अडिसनका लागि आवेदन दिएकोमा दोस्रो चरणका लागि ४० प्रतिभा छानिनुपर्नेमा आइडलको मापडण्ड अनुरुप छनोट प्रक्रिया अघि बढाउँदा ३८ प्रतिभामात्र छनोट हुन सफल भएको विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा लोपोन्मुख रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बर्द्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको भनिएको छ ।
यस्तै प्रतियोगी प्रतिभाहरुले नाम सार्वजनिक गरिएको एक हप्ता भित्रमा आयोजक सँग सम्पर्क गरेर मात्र दोस्रो चरणको लागि पठाउनु हुन अनुरोध छ, विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो राउन्डको लागि उत्कृष्ट टप ३८ मा पर्न सफल प्रतियोगी प्रतिभाहरुको नामावली
१, अर्जुन नाल्बो (ताप्लेजुङ)
२, अशल तुम्रोक (पान्थर)
३, इन्द्र कुमारी साम्सोहाङ (ताप्लेजुङ)
४, कुमार नेम्बाङ (पान्थर)
५, सन्जय निङलेकु (तेह्रथुम)
६, बिजय फागो (इलाम)
७, बुद्धबीर सिञ्जाङगो (काठमाडौ)
८, महेन्द्र याक्थुङ (सिक्किम भारत)
९, नीर तुम्रोक (पान्थर)
१०, सुनिता लावती (भक्तपुर)
११, टीका सेर्मा (माङजाबुङ पान्थर)
१२, दिनेश योङहाङ (इलाम)
१३, गगन प्रकाश लिम्बु (काठमाडौ)
१४, लावती याक्थुङमा (सिक्किम भारत)
१५, मनु योङ्हाङ (दमक झापा)
१६, हाङफुङ फोम्बो (आठराई तेह्रथुम)
१७, अन्जान लिम्बु (कोरिया)
१८, बिजेता सुनार (इलाम)
१९, देबेन्द्र तुम्रोक (काठमाडौ)
२०, दिलिप माखिम (पान्थर)
२१, कुमार बि. क. (तेह्रथुम)
२२, सन्जिब मेन्याङ्बो (ताप्लेजुङ)
२३, शान्ति नाल्बो (धरान, सुनसरी
२४, सावन सावादेन (सिक्किम भारत)
२५, असार सिङ निङलेकु (इटहरी सुनसरी)
२६, बलिहाङ फियाक (इलाम)
२७, दर्पण सेर्मा ‘याम्धान’ (ललितपुर)
२८, प्रियंका लिम्बू (सिक्किम भारत)
२९, राजेन्द्र सेर्मा (पान्थर)
३०, रितु राज थेगुवा (तेह्रथुम)
३१, दुर्गा इङनाम (झापा)
३२, तागेरा लिम्बू (पान्थर)
३३, कर्मिला लिम्बू (इलाम)
३४, सन्चिता लिम्बु (सिक्किम भारत)
३५, रेनु तुम्बापो (सिक्किम भारत)
३६, शर्मिला लिम्बू (झापा)
३७, सम्बी राज थेबे (ताप्लेजुङ)
३८, सुनिता योङहाङ (चितवन)
मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यस अघिनै आवश्यक तयारी समेत सुरु गरेको आयोजक मञ्चका केन्द्रीय अध्यक्ष सेर्माले बताए ।
पुरस्कारहरु :
प्रथमपुरस्कार : नगद रु ५ लाख एउटा अडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।
दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।
तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।
सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।
टप टेनलाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।