याक्थुङ युवा मञ्च नेपालद्वारा किरात सिरीजङ्गा वर्णमाला सार्वजनिक - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ युवा मञ्च नेपालद्वारा किरात सिरीजङ्गा वर्णमाला सार्वजनिक

भदौ १०, इलाम । याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरेको छ ।

सोमबार मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा इलाममा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो ।

किरात सिरीजङ्गा लिपीको उन्नयन र विकासका लागि मञ्चले तयार पारेको वर्णमाला याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधुराज केरुङ, चुम्लुङ लिम्बुवान प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले सार्वजनिक गरे ।

इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल, आगामी कार्ययोजना र इलाम घोषणापत्र जारी गरिने याक्थुङ युवा मञ्चका अध्यक्ष इधिङ्गोले बताए ।

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष इधिङ्गोको अध्यक्षमा सुरु भएक बैठकको स्वागत केन्द्रीय उपाध्यक्ष सुनिल आङ्बो र सञ्चालन केन्द्रीय सदस्य कुमार यवाले गरेका थिए ।

सम्बन्धित खवर