पहिचानवादी महिला मोर्चा घोषणा, संयोजकमा सरु सिंगक - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचानवादी महिला मोर्चा घोषणा, संयोजकमा सरु सिंगक

ललितपुर, १० भदौं । पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ ।

आइतबार ललितपुरस्थित चुम्लुङहिममा भएको एक कार्यक्रमले सरु सिंगकको संयोजकत्वमा पहिचानवादी महिला मोर्चा संघीय समिति निर्माण गरिएको हो ।

मोर्चाको संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा समितिको सदस्य सचिवमा याङ्छेन भोटे(सङखुवासभा), संगठन विभाग प्रमुखमा गंगा राई सेर्मा(झापा), आर्थिक विभाग प्रमुखमा सर्मिला आङ्देम्बे(झापा) र प्रशिक्षक विभाग प्रमुखमा दिपा लक्सम(पान्थर) रहेका छन ।

यसैगरी सदस्यहरूमा निता मादेन(ताप्लेजुङ), सुस्मा राई(पान्थर), भावना इङवा(पान्थर), दिक्षा छेत्री लिङदेन(पान्थर), नविना राई(पान्थर), छलिमाया कुमाल(ईलाम), निर्मला चेम्जोङ(ईलाम), शशी तामाङ(ईलाम), अग्निमाया मेचे(झापा), फुङमा बोखिम(झापा), सुनिता थक्सु(मोरङ), कल्पना लिम्बु(सुनसरी), दिपकला लिम्बू(सुनसरी), सरकुमारी आठपहरिया(धनकुटा), राधिका फियाक(धनकुटा), अरुणा सुक्वाबा सिंगक(तेह्रथुम), प्रज्ञा इजम कङलिबा(सोलुखुम्बु), पार्वती भित्रीकोटी(काठमाडौं), शान्ता राई(ललितपुर), जयन्ती लावती(ललितपुर) र आशमति साम्सोहाङ(भक्तपुर) लाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सदस्य सचिव तथा पूर्व मन्त्री गोपाल किराती, डा. मित्र परियार, खगेन्द्र माखिम, कृष्ण चोङ्बाङ लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक सरू सिंगकको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर