भदौ १२, काठमाडौं । बंगलादेशले पहिलोपटक साफ यु–२० च्याम्पियनसिपको उपाधि चुमेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको साफ यु–२० को फाइनलमा घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि चुमेको हो ।
बंगलादेशको जितमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरे । नेपालका लागि समीर तामाङले एक गोल फर्काए ।
उमेरसमूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने तेस्रोपटक उपाधि चुम्न असफल भएको छ ।