झापाको काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला लाग्ने - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला लाग्ने

भदौ १९, काँकरभिट्टा । झापाको काँकरभिट्टामा इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको सहयोगार्थ सांगीतिक महोत्सव तथा रमाइलो मेला–२०८१ आयोजना हुने भएको छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सहकार्यमा मेलाको आयोजना गरेको हो ।

क्लबले जिल्ला प्रशासन कार्यालय झापाबाट स्वीकृति लिएर आगामी भदौ २६ देखि असोज १५ सम्म रमाइलो मेला तथा सांगीतिक महोत्सवको आयोजना गरेको मंगलबार आयजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

काँकरभिट्टा खेल मैदानमा आयोजना हुने उक्त महोत्सवमा विभिन्न खेल तमासा,मेचीनगरका ब्यापार–ब्यवसायलाई प्रोत्साहन गर्न ब्यवसायिक, स्वास्थ्य, विभिन्न संघसंस्थाले चेतनामुलक स्टलहरूको लागि खुल्ला गरिएको क्लबका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।।

२१ दिनसम्म सञ्चालन हुने मेलाका लागि चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । हालसम्म अस्मिता अधिकारी, एलिना चौहान,प्रिती आले, भिटेन, तृष्णा र द कोलाब ब्याण्डलगायत आउने पक्का भइसकेको छ भने अन्य चर्चित कलाकारहरू र स्थानीय कलाकार र ब्याण्डको प्रस्तुति रहने क्लबका अध्यक्ष गंगालाल गुरुङले ।

सम्बन्धित खवर