चलचित्र ‘चे’ को पहिलो पोस्टर सार्वजनिक, असोज १५ मा विशेष प्रदर्शन - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘चे’ को पहिलो पोस्टर सार्वजनिक, असोज १५ मा विशेष प्रदर्शन

भदौं २७, माङसेबुङ । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । याक्थुङ फिल्मस प्रा.लि.को फेसबुक पेजबाट चलचित्र ‘चे’ को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।

यसैगरी असोज १५ गते विहान ११ बजे काठमाडौं कमलपोखरीस्थित सिटि सेन्टर BIG Movies मा विशेष प्रदर्शन हुने निर्देशक सागर केरुङले बताए ।

चलचित्र ‘चे’ मा लिम्बु याक्थुङहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा प्रस्तुत गरिएको निर्देशक केरुङ्ले बताउनुभयो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ‘चे’ को रुपमा चित्रण गरिएको छ । आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे÷लास नै प्रमुख समस्याको रुपमा कथामा उभ्याईएको निर्देशक केरुङले बताए ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिकाका विभिन्न क्षेत्रमा छायांकन गरिएको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, सागर केरुङ, निशाम तुम्बापो लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रको लेखक/निर्देशक/निर्माता सागर केरुङ स्वयम रहेका छन् । चलचित्र युबराज राइले खिचेका हुन् । निर्माता इन्दु फोम्बो र सवु लिम्बु थाम्सुहाङ रहेका छन्, भने कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगुको रहेको छ । सहायक निर्देशक राजु घिमिरे, सहायक छायांकन रमेश सुनुवार रहेको चलचित्रमा निर्देशक केरुङको गीत तथा बुद्धराज लिम्बुको संगीत रहेको छ ।

गीतमा स्वर इन्दु फोम्बोले भरेका छन् । चलचित्र राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

 

सम्बन्धित खवर