भदौ २९, माङसेबुङ । नेपालबाट ओस्कार अवार्डको ९७ औं संस्करणका लागि मीन भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ले प्रतिनिधित्व गर्ने भएको छ ।
नेपालबाट अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको लागि चलचित्र ‘साम्बाला’ले प्रतिनिधित्व गर्ने भएको हो ।
गत आइतबार चलचित्रको भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।
साम्बाला शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यस्तै साम्बाला जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको थियो ।