‘मुक्कुमलुङ’ भोलिदेखि शिल्पी थिएटरमा मञ्चन हुदैं - Mangsebung News
  • सोमबार, असोज २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मुक्कुमलुङ’ भोलिदेखि शिल्पी थिएटरमा मञ्चन हुदैं

असोज १, माङसेबुङ । नाटक ‘मुक्कुमलुङ’(विश्वासको शक्ति) काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भोलि बुधबारदेखि मञ्चन हुने भएको छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ मंगलबारबाहेक असोज २० गते सम्म मञ्चन हुने भएको हो ।

प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् ।

यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ स्रोत व्यक्तिको रुपमा रहेको नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय गर्ने भएका छन् ।

यसैगरी नाटकमा संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्था केन्द्र एवम् मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् ।

तर, पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ । मुक्कुमलुङ संरक्षण संघर्ष समितिद्वारा बिभिन्न चरणका आन्दोलनहरु समेत गरेको छ ।

सम्बन्धित खवर