असोज १, माङसेबुङ । नेपाली कङग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजी आश्रमको शिलान्यास भएको छ ।
सोमबार पान्थरको फिदिम नगरपालिका ३, मा अवस्थित नाम्भुनयक सिलौटीमा प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री आङदेम्बेले शिला र इंटा गाढेर गुरु निजी आश्रमको शिलान्यास गर्नुभएको हो ।
वहाँले गुरु निजी आश्रमको शिलान्यास गर्ने क्रममा धर्म, संस्कृति र धर्मगुरु सबैको साझा भएकोले यसबारेमा वादविवाद गर्न नहुने धारणा राख्नुभयो ।
निजी गुरुआश्रम कृषि शाखा नाम्भुनयक सिलौटीका अध्यक्ष भगिहाङ नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुम्बेवा गाउँपालिका अध्यक्ष लगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सल्लाहकार एवम् किरात याक्थुङ पेभाकुम नेम्वाङ संजुम्भोका अध्यक्ष नन्दकुमार नेम्वाङले स्वागत मन्तव्य र शाखा समिति सचिव ध्रुव तुम्बापोले कार्यक्रम सञ्चालन गरेको थियोे ।