थोकफेला र विक्रमको पालाम ‘अन्दङफुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र विक्रमको पालाम ‘अन्दङफुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ५, माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक विक्रम येक्तेनको आजावमा सजिएको पालाम ‘अन्दङफुङ’ सार्वजनकि गरिएको छ ।

वेदन लुम्फुङवाको शव्द संकलन तथा राजु आङदेम्बेको लय संकलनमा सजिएको लिम्बू भाषाको पालाम ‘अन्दङफुङ’ को म्युजिक भिडियो गायिका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विवस नेम्वाङको परिक्लपान रहेको पालाममा कुमारी पालुङवा, विष्णु कुमारी पालुङवा, थोकफेला लिङदेन, सोनिया लिङदेन, मन्दिरा लिङदेन, विक्रम येक्तेन, तानाम तान्छो लावती, अनिल चेम्जोङ, हाङफुङ लिम्बू र राजेन्द्र केरुङले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुपडयोमा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् भने स्वस्तिका योङहाङ र हाङफुङ लिम्बूले समेत आवाज दिएका छन् ।

पालाम भिडियोमा सुनिता किरातीको श्रृङगार र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

https://www.youtube.com/watch?v=hiUNYMYroaU

 

सम्बन्धित खवर