माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमको ४३ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र विशेष अतिथि माङसेबुङ गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई रहनु भएको थियो ।
निसामहिमलाई अक्षयकोषमा सहयोग गर्ने सुखमाया श्रेङ चोङबाङ र साम्धोज थेबेलाई सम्मान गरिएको थियोे । उनीहरूले निसामहिमको अक्षयकोषका लागि रु २ लाख १० हजार उपलब्ध गराएका थिए । भने, माङसेबुङ ग्रामीण रेडक्रस खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि धन्यवाद पत्रले सम्मान गरेका थिए ।
माङसेबुङ ग्रामीण रेडक्रस खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चन्द्रकुमार साँबा,किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, माङसेबुङ येहाङमुक कोक्मा ताङसेप चुम्भो अध्यक्ष इन्द्रप्रसाद आङदेम्बे, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्ण कार्कीढोली, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सह कोषाध्यक्ष चन्द्रा सेन्दाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका विद्यार्थीहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।
स्थापना दिवस मनाउने क्रममा शनिबार साक्मुरा वादेम्मा र आइतबार येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको तुम सिक्साम्बा ललित चन्द्र फियाकले बताएका छन् ।
किरात साम्जिक मुन्धुम निसामहिम (मुन्धुमशाला) व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बेको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमलाई तुम सिक्साम्बा ललितचन्द्र फियाकले सञ्चालन गरेको थियोे भने सिक्साम्बा नन्द सेर्माले स्वागत तथा औचित्य मन्तव्य राखेका थिए ।