कुरुम्बेली दमक समाज सेवासंघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ऐमानसिंह लाओती - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुरुम्बेली दमक समाज सेवासंघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ऐमानसिंह लाओती

असोज १०, दमक । कुरुम्बेली दमक समाज सेवा संघको प्रथम ऐतिहासिक अधिबेशन तथा पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजसेवी खड्गसुन्दर लाआतीको प्रमुख आतिथ्यतामा बुधबार दमकमा अवस्थित किरात भवनमा सम्पन्न प्रथम अधिवेशनले पुनः ऐमानसिंह लाओतीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नव कार्यसमिति चयन गरेको छ ।

नारायण फियाकको संयोजकत्वमा अम्बरकुमार लाओती र धनजीत राई सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिद्वारा नव निर्वाचित समितिको उपाध्यक्षमा कमला योङहाङ, सचिवमा धिरेन लाओती, सहसचिवमा विरबहादुर लाओती, कोषाध्यक्षमा रेखा राई, प्रवक्तामा गगन लाओती चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा मेघराज माखिम, मिलन लाओती, चन्द्रकुमारी चेम्जोङ लाओती, मिना लाओती, कुमारी योङहाङ, गोविन्द लाओती, मनुका चेम्जोङ राई, बसन्त हेम्वया लाओती, सुनिता लाओती, दिनेश लाओतीर खगेन्द्र माखिम रहेका छन् ।

पाँचथर कुरुम्बा घर भई हाल दमकमा बस्दैआएका कुरुम्बेलीहरुले सामाजिक कार्यमा सहयोग पुरयाँउने हेतुले संघ स्थापना गरि विभिन्न गतिविधिहरु गर्दै आइरहेको सचिव धिरेन लाओतीले बताए ।

कार्यक्रममा संस्थालाई योगदान पुरयाउँने अग्रज र ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको प्रवक्ता गगन लाओतीले बताए ।

प्रवक्ता लाओतीले साधारणसभा तथा अधिबेशनको बन्द्रसत्रले संस्थाका अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको बताए ।

संस्थाका अध्यक्ष ऐमानसिंह लाओतीको अध्यक्षतामा उपाध्यक्ष रुपधन राईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संघमा आवद्ध आजीवन सदस्य, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर