- आन्छुमे नसान
असोज ११, माङसेबुङ । गितकार तथा गायक चारखोले शिशिर लिङदमको शव्द तथा आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘साङरुम्बै डाँडा’ सार्वजनिक गरिएको छ ।
दीप किशोर लिङदमको संगीतमा चारखोलेलाई गायिका गीता नेम्बाङले आवाजमा साथ दिएको पुर्वेली गित ‘साङरुम्बै डाँडा’को म्युजिक भिडियो’ विहिबार सार्वजनिक गरिएको हो ।
खगेन्द्र पन्धाक लिम्बूको निर्देशन, सम्पादन र कलर रहेको गाउँ घरको रहनसहन र गाउँ घरकै माया पिरती प्रस्तुत गरिएको भिडियोमा गरीमा लिङदम, सुरेन्द्र थेगिम, चारखोले शिशिर लिङदम र गीता नेम्बाङले अभिनय गरेका छन् ।
कृष्ण भक्त राईको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितमा निरन्ता नेम्बाङ र मनोज साङसोन राईको कोरस अवाज रहेको छ ।
सुमी लिम्बूको कास्टिङ डिरेक्शनमा पर्शुराम थलङको छायांकन रहेको भिडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…